स्पर्श लघुवित्त वित्तीय संस्था : कम्पनी विश्लेषण (सोमवार, १८ कात्तिक २०७६)


  • ADBL
  • City Express
स्पर्श लघुवित्त वित्तीय संस्था : कम्पनी विश्लेषण (सोमवार, १८ कात्तिक २०७६)

कम्पनीले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा रू. ५५ लाख ७ हजार खुद नाफा कमाएको छ । गत आव २०७५/७६ को यसै अवधिमा कम्पनी रू. ३१ लाख ४ हजार घाटामा थियो । कम्पनीले गत आवमा सर्वसाधारणलाई आईपीओ जारी गरेको हो । हाल कम्पनीको चुक्तापूँजी रू. ८ करोड २९ लाख ६३ हजार छ । पहिलो त्रैमासमा कम्पनीको जगेडा कोष रकम रू. २ करोड १३ लाख ३५ हजार छ । गत आवको पहिलो त्रैमासमा रू. ७ करोड ९० लाख ४६ हजार निक्षेप संकलन गरेको यो कम्पनीले चालू आवको सोही अवधिमा रू. १९ करोड २६ लाख ९१ हजार निक्षेप संकलन गरेको छ । यो वर्ष १४३ प्रतिशत बढी निक्षेप संकलन गर्न कम्पनी सफल भएको हो । असोज मसान्तसम्ममा कम्पनीले १० जिल्लामा २० शाखा कार्यालयमार्फत १६ हजार २९५ घरपरिवारमा लघुवित्त सेवा प्रदान गर्दै आएको छ । आइतवार कम्पनीको शेयरमूल्य ८ अंक घटेर रू. ५१९ कायम भएको छ ।

Read More