काठमाडौं : सनराइज बैंकले पनि साधारण सभा सम्पन्न भए लगत्तै सेयरधनीलाई नगद लाभांश खातामै पठाइदिने प्रक्रिया अघि बढाएको छ । बैंकले आइतबार (कात्तिक १७ गते) बाट नै ५.८% नगद खातामा जम्मा गरिदिन सुरु गरेको हो । तर अहिलेसम्म पनि डिम्याट खाता नखोलेका र बैंक खाता अद्यावधिक नगरेका सेयरधनीलाई तत्काल खाता अद्यावधिक गर्न आग्रह गरिएको छ ।
खाता अपडेट गरेपछि मात्र लाभांश पाइनेछ । बैंकको कात्तिक १५ बसेको साधारण सभाले आर्थिक वर्ष २०७५–७६ को नाफाबाट १०% बोनस सेयर र ५.८% नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो । बोनस डिम्याट खातामा पठाउन भने केही समय लाग्नेछ ।








