झापा । प्रभु बैंकले आप्mनो सेवा विस्तार गर्ने क्रममा झापाको भद्रपुरनगरपालिका चन्द्रगढीस्थित जिल्ला प्रशासन कार्यालयमा एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ। झापास्थित जिल्ला प्रशासन कार्यालयमा स्थापित एक्स्टेन्सन काउण्टरको झापा जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण कुमार निरौलाले उद्घाटन गरेका हुन्।
जिल्ला प्रशासन कार्यलयमा आउने सेवाग्राहीहरुले अब विना झण्झट प्रभु बैंकको एक्स्टेन्सन काउण्टरमा रकम जम्मा गरी सरल र सहज रुपमा जिल्ला प्रशासन कार्यलयको काम गर्न सक्नेछन्।









