गणपति माइक्रोफाइनान्सको नाफा ५४ लाख


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
गणपति माइक्रोफाइनान्सको नाफा ५४ लाख

कात्तिक १७, काठमाडौं । चालू आवको पहिलो त्रैमासमा गणपति  माइक्रोफाइनान्स वित्तीय संस्थाले रू.५४ लाख ६४ हजार नाफा गरेको छ ।

कम्पनीले गत आवको सोही आवमा रू.४९ लाख ३९ हजार कमाएको थियो । कम्पनीले यस आवमा रू. १६ लाख ७९ हजार खराब कर्जा संकलन गरेको छ । 

कम्पनीले गत आवको तुलनामा खुद व्याज आम्दानी ६८ प्रतिशत बढेर रू. १ करोड ९६ लाख पुगेको छ भने संचालन नाफा ११५ प्रतिशत बढेर रू.६७ लाख ८९ हजार पुगेको छ । 

हाल कम्पनीको चुक्तापूँजी रू. १० करोड ३५ लाख छ । गत आवमा पूँजी रू. ७ करोड थियो । कम्पनीले आईपीओ निष्कासन गरेपछि पूँजी वृद्धि भएको हो । कम्पनीले गत आवको चुक्तापूँजीको आधारमा ७ प्रतिशत बोनस शेयर करको लागि शून्य दशमलव ३६ प्रतिशत नगल लाभांश प्रस्ताव गरेको छ । 

Read More
  • MBL