काठमाडौं । नेपाल राष्ट्र बैंकको सञ्चालक समितिको आकस्मिक बैठक आज बस्दै छ । बैठकले डेपुटी गभर्नर शिवराज श्रेष्ठमाथि छानविन गर्न समिति गठन गर्ने प्रबल सम्भावना रहेको छ ।
नेपाल राष्ट्र बैंक स्रोतका अनुसार सञ्चालक समितिको आज दिउँसो ४ बजे बैठक बस्दैछ । सञ्चालक समितिका सदस्यलाई पठाइएको बैठकको एजेन्डामा डेपुटी गभर्नर प्रकरण समावेश नभएको भए पनि विविध एजेन्डामा गभर्नर डा. चिरञ्जीवी नेपालले सो प्रकरण घुसाउन सक्ने बताइएको छ । आजको बोर्ड बैंठकमा मर्जर र बैंक वित्तीय संस्थाको नियमको विषयमात्र बोर्डको एजेन्डा भएको स्रोतले बतायो । नियमसम्बन्धी एजेन्डा राखेर बैठक बोलाइएको भए पनि विशेषगरी डेपुटी गभर्नर श्रेष्ठ प्रकरणमाथि बैठक केन्द्रित हुन सक्ने स्रोतको भनाइ छ ।








