शाखा बिस्तारमा सिद्धार्थ बैंक आक्रामक, एकैदिन चार


  • KBL News Ad
  • ADBL
  • City Express
शाखा बिस्तारमा सिद्धार्थ बैंक आक्रामक, एकैदिन चार

काठमाण्डौ । सिद्धार्थ बैंकले कात्तिक १५ गते शुक्रबारका दिन काठमाडौं उपत्यकाबाहिर एकसाथ चारवटा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । 

बैंकले सप्तरीको कल्याणपुर, नवलपुरको दलदले, बन्दीपुरको डुम्रे र सिरहाको गोलबजारमा शाखा सञ्चालनमा ल्याएको हो । 

शाखामार्फत बैंकले सर्वसाधारण र व्यवसायीहरूमाझ सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा, रकम भुक्तानी लगायत सम्पूर्ण बैंकिङ्ग सेवा पुर्याउने उद्देश्य लिएको छ । 

किङ्ग प्रणालीलाई थप प्रविधिमैत्री बनाउन सिद्धार्थ बैंकले इन्टरनेटको माध्यमबाट आफ्नो रोजाइको बचत खाता खोल्न सकिने सुविधाका साथमा अत्याधुनिक प्रविधियुक्त इन्टरनेट तथा मोबाइल बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

बैंकको हालको चुक्तापूँजीरु आठ अर्ब अठासी करोड छयहत्तर लाख चार हजार पाँच सय चालिस रहेको छ भने २०७६ आश्विन मसान्तसम्ममा बैंकले १२४ अर्ब निक्षेप संकलन र ११३ अर्बकर्जा लगानी गरेको छ ।

 

Read More
  • EBL Ad news