सनराइज बैंक लिमिटेडको कात्तिक १५ गते शुक्रबार सम्पन्न बाह्रौं वार्षिक साधारण सभाले शेयरधनीलाई १५.८० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ।
बैंक सञ्चालक समितिका अध्यक्ष मोतिलाल दुगडको अध्यक्षतामा नक्साल ब्यांक्वेटमा सम्पन्न सभाले १० प्रतिशत बोनस र सोको कर प्रयोजनार्थ समेत गरि ५.८० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव अनुमोदन गरेको हो।
यसअनुसार बैंकले शेयरधनीलाई ८१ करोड ५२ लाख ५५ हजार ५८५ रुपैयाँ बराबरको बोनस र कर प्रयोजन सहित ४७ करोड २८ लाख ४८ हजार २३९ रुपैयाँ नगद लाभांश वितरण गर्नेछ।
त्यसैगरी साधारण सभाले अन्य कुनै उपयुक्त बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने/गाभिने सम्बन्धी सम्पूर्ण काम गर्न सञ्चालक समितिलाई पूर्ण रुपमा अख्तियारी प्रदान गरेको छ।
यसका अलवा वार्षिक प्रतिवेदन, नाफा नोक्सान हिसाव, लेखापरिक्ष्इाक नियुक्ती लगायतका पाँच समान्य र पाँच विशेष प्रस्ताव गरि विभिन्न १० प्रस्ताव समेत साधारण सभाबाट अनुमोदन भएको छ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि बैंकले कात्तिक १ गते बुक क्लोज गरेको थियो। यसअनुसार असोज ३० गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरुले सो लाभांश प्राप्त गर्न सक्नेछन् ।
बिहीबार दोस्रो बजारमा बैंकको शेयरमूल्य प्रति कित्ता २१३ रुपैयाँमा अन्तिम कारोबार भएको छ । हाल बैंकको चुक्ता पूँजी ८ अर्ब १५ करोड २५ लाख रहेको छ। १० प्रतिशत बोनस वितरणपश्चात बैंकको चुक्ता पूँजी ८ अर्ब ९६ करोड ७८ लाख रुपैयाँ पुग्नेछ।








