कृषि विकास बैंक र हेफर इन्टरनेसनलबीच सहकार्य


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
कृषि विकास बैंक र हेफर इन्टरनेसनलबीच सहकार्य

कृषि विकास बैंक र हेफर इन्टरनेसनल नेपालबीच मूल्य शृंखलामा आधारित वित्तीय सेवा प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्याय र हेफर इन्टरनेसनल नेपालका राष्ट्रिय निर्देशक डा. शुभनारायण महतोले सहकार्यसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

हेफर इन्टरनेसनल नेपालका राष्ट्रिय निर्देशक डा. शुभनारायण महतोले आगामी दिनमा यस्तो कार्यक्रम थप विस्तार गर्दै लगिने र बैंकको सहयोग प्राप्त भइरहने अपेक्षा गरे ।    
बैंकका प्रमुख कार्यकारी अधिकृत उपाध्यायले हेफर नेपालको सहकार्यले वित्तीय सहयोगको अभावमा आफ्नो व्यवसाय विस्तार गर्न नसकिरहेका महिला व्यवसायीको आर्थिक तथा सामाजिक जीवनस्तर उकास्न बैंकले प्रदान गर्ने कर्जाले ठूलो सहयोग पुग्ने आशा व्यक्त गरे ।

बैंकको कृषि कर्जा तथा एमएसएमई विभागका प्रमुख बाबुकाजी थापाका अनुसार हेफर इन्टरनेसनलको सहकार्यमा बैंकले रौतहट, धादिङ, पाल्पा, रुपन्देही, अर्घाखाँची, लमजुङ, प्युठान र नुवाकोटमा सहकारी/कृषक समूहमार्फत प्रवद्र्धन गरेको महिलालाई बाख्रा, तरकारी, स्थानीय कुखुरा र दुग्ध परियोजनामा १ अर्ब रुपैयाँ सहुलियतपूर्ण कर्जा उपलब्ध गराउनेछ । कर्जाका अतिरिक्त बैंकले उद्यमशीलता विकासका लागि तालिम, बाली तथा पशु सुरक्षण कार्यक्रम, वित्तीय साक्षरता तथा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न कार्यक्रमसमेत सञ्चालन गर्ने थापाले जानकारी दिए ।

Read More
  • MBL - below news