काठमाडौं : साधारण सभा सम्पन्न भए लगत्तै सिद्धार्थ बैंकले सेयरधनीलाई नगद लाभांश खातामै पठाइदिने प्रक्रिया अघि बढाएको छ । सिद्धार्थको बिहीबार (कात्तिक ७ गते) साधारण सभा सम्पन्न भएको हो । बैंकले १५.२६% नगद लाभांश सेयरधनीको खातामा पठाउँदैछ । यसका लागि सेयरधनीले डिम्याट खाता र बैंक खाता अपडेट गरेको हुनुपर्नेछ ।
यसरी अपडेट गर्न बाँकी रहेकालाई तुरुन्त अपडेट गरिहाल्न पनि बैंकले आग्रह गरेको छ । त्यसपछि मात्र लाभांश पाइनेछ । बैंकको बिहीबार बसेको साधारण सभाले आर्थिक वर्ष २०७५–७६ को नाफाबाट १५.२६% नगद र १०% बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको थियो । बोनस डिम्याट खातामा पठाउन भने केही समय लाग्नेछ ।