मुक्तिनाथको १७.६०% बोनस वितरण गर्ने घोषणा, २०% हकप्रदले पनि पाउने


  • Shangrila Dev Bank News Ad
  • Prabhu Bank
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
मुक्तिनाथको १७.६०% बोनस वितरण गर्ने घोषणा, २०% हकप्रदले पनि पाउने

 काठमाडौं : मुक्तिनाथ विकास बैंकले १८.५३% लाभांश दिने भएको छ । बैंकको बिहीबार बसेको सञ्चालक समिति बैठकले १७.६०% बोनस सेयर र बोनसमा लाग्ने कर प्रयोजनका लागि ०.९३% नगद लाभांश दिने प्रस्ताव गरेको हो । बैंकले हालै बिक्री गरेको २०% हकप्रद सेयरपछि कायम ३ अर्ब ६७ करोड ७७ लाख रुपैयाँबाट लाभांश दिन लागेको हो । तसर्थ, प्रस्तावित लाभांश २०% हकप्रद भर्नेले पनि पाउनेछन् ।
 
प्रस्तावित बोनस वितरणपछि बैंकको चुक्ता पुँजी ४ अर्ब ३२ करोड ४९ लाख ८९ हजार पुग्नेछ । बैंकले कुल ६४ करोड ७२ लाख ७७ हजार रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्नेछ । बोनसमा लाग्ने कर तिर्न ३ करोड ४० लाख ६७ हजार रुपैयाँ छुट्याएको छ । अब नियामक निकाय नेपाल राष्ट्र बैंक र आगामी साधारण सभाबाट अनुमोदन भएपछि लगानीकर्तालाई वितरण प्रक्रिया सुरु हुनेछ ।


 

Read More
  • MBL - below news
  • EBL Ad news
  • Laxmi Sunrise Bank Ad