नेपाल स्टक एक्चेन्ज नेप्सेले सुचिकृत कम्पनीहरुको पहिलो त्रैमासको बर्गिकरण सार्बजनिक गरेको छ। नेप्सेले धितोपत्र सूचीकरण नियमावलीको विनियम ११(६) बमोजिम कम्पनीहरुको बर्गिकरण सार्बजनिक गरेको हो ।
साविकमा सूचिकृत संगठित संस्थालाई ए र वि गरी दुईवटामा सीमित गरिएको थियो । तर नेपाल धितोपत्र बोर्डले लागु गरेको नयाँ नियमावलीमा कम्पनीहरुलाई अन्तर्राष्ट्रिय अभ्यासलाई समेत दृष्तिगत गरी ए, वि, जि र जेड गरी चार वर्गमा वर्गिकरण गर्ने ब्यबस्था छ । सोहि अनुसार नेप्सेले संस्थाको चुक्ता पूँजी, प्रतिफल, नियम परिपालना लगायतको स्थितिलाई हेरी नयाँ बर्गिकरण सार्बजनिक गरेको हो ।
नेप्सेले गरेको बर्गिकरणमा राम्रो मानिने 'ए' मा सनराइज बैंक मात्र परेको छ भने 'बि' मा ङादी हाइड्रो मात्र परेको छ । उता नबिल, एभरेष्ट बैंक लगायतका कम्पनीहरु बन्द भैसकेका बुटवल स्पिनिङको बर्गमा बर्गिकरण भएको छ। नेप्सेमा सुचिकृत करिब २०० बढी संस्थाहरु 'जेड' बर्ग अर्थात खराब कम्पनीको सुचिमा परेका छन।







