जनता र ग्लोबल आइएमई बैंकबीच दोस्रो सम्झौता हुँदै, कर्मचारी व्यबस्थापन जटिल बन्दै


  • ADBL
  • City Express
जनता र ग्लोबल आइएमई बैंकबीच दोस्रो सम्झौता हुँदै, कर्मचारी व्यबस्थापन जटिल बन्दै

काठमाडौं । जतना बैंक र ग्लोबल आइएमई बैंकबीच मर्जका विषयमा पुन आज सम्झौता हुँदै छ । गत असार २० गते ग्लोबल आइएमई र जनता बैंक बीच मर्जरमा जाने लिखित सहमति भएको थियो ।  दुबै बैंकका अध्यक्षले मर्जरमा जाने विषयमा हस्ताक्षर गरेका थिए । ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल र जनता बैंकका अध्यक्ष केशब बहादुर रायमाझीले सहमति पत्रमा हस्ताक्षर थिए । 
आज विहान जनता बैंकको सञ्चालक समितिले पुन कर्मचारी व्यबस्थापनका विषयमा प्रमुख कार्यकारी अधिकृत पर्शुराम कुँवर क्षेत्रीले असन्तुष्टी व्याख्त गरेपछि पुन सम्झौता गर्ने निर्णय भएको बैंक स्रोतले बताएको छ ।  

चार महिनामा मर्ज प्रक्रिया सम्पन्न गर्ने भनि सहमति भएपनि अहिले  जनता बैंकको व्यबस्थापनले कर्मचारी समायोजनको विषयलाई लिएर असन्तुष्ट देखिएको छ । आज विहान भएको बैंठकमा जनता बैंकको सञ्चालक समितिले बैंकका प्रमुख कार्यकारी अधिकृतलाई वाइपास गरेर बैंठक बसि फेरि ग्लोबल आइएमई बैंकसँग अर्को सम्झौता गर्ने निर्णय गरेको स्रोतले बताएको छ ।  
सम्पत्ति तथा दायित्व मूल्यांकनपछि शेयर आदान प्रदान अनुपात कायम गरिने भएपनि प्रारम्भिक मूल्यांकनमा जनतालाई एक शेयर बराबर ८५ रुपैयाँ हाराहारी दिने सहमति भएको छ ।

Read More