कात्तिक ७, काठमाडौं । सिद्धार्थ बैंकको लाभांश वितरणको बाटो खुला भएको छ । बैंकले बिहीवार १८ औं वार्षिक साधारण सभा मार्फत प्रस्तावित लाभांश प्रस्ताव पारित गरेको हो । १० प्रतिशत बोनस शेयर र १५ दशमलव २६ प्रतिशत नगद लाभांश वितरणका लागि बैंकले प्रस्ताव गरेको थियो । उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृत गराई बार्षिक साधारण सभा मार्फत पारित गरेको हो ।
बैंकले मर्जर तथा प्राप्तीको विषयलाई पनि प्राथमिकतामा राखेर सभामा छलफल गरेको थियो । नेपाल राष्ट्र बैंकले बिग मर्जरको विषय उठाईरहदा बैंकले पनि सोही बमोजिम मर्जर तथा प्राप्ती सम्बन्धी आवश्यक प्रक्रिया पूरा गर्न सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिएको छ ।
साथै बोनस शेयर जारी पश्चात हुने पूँजी वृद्धिका विषय समावेश गरी बैंकको प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने विषयलाई पनि सभाले स्वीकृति दिएको छ । यो सभा प्रयोजनका लागि बैंकले असोज २९ गते बुक क्लोज गरेको थियो । बुक क्लोजको आधारमा असोज २८ गतेसम्म कायम शेयरधनीहरु सभामा भाग लिएका थिए ।