एनएमबि लघुत्तिको १५०% हकप्रदमा मूल्य समायोजन, कतिमा खूल्यो कारोबार ?


  • Shangrila Dev Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
एनएमबि लघुत्तिको १५०% हकप्रदमा मूल्य समायोजन, कतिमा खूल्यो कारोबार ?

 काठमाडौं : एनएमबि लघुवित्त वित्तीय संस्थाको १५०% हकप्रदमा मूल्य समायोजन भएको छ । समायोजनपछि बिहीबार एनएमबिको सेयर कारोबार ५०२ रुपैयाँलाई आधार मानेर खुलेको छ ।

कम्पनीले १५०% हकप्रद सेयर बिक्री गर्न बिहीबार (कात्तिक ७ गते) देखि बुक क्लोज गरेको छ । यसर्थ, बुधबार (कात्तिक ६ गते) सम्म कायम सेयरधनीले मात्र हकप्रद भर्न सक्नेछन् । यस लघुवित्तले कात्तिक २४ गतेदेखि १ः१.५ अनुपातमा २४ लाख ३० हजार ९३.७५ कित्ता हकप्रद सेयर निष्कासन गर्दैछ ।
 
यस हकप्रदमा बिक्री प्रबन्धकको काम सनराइज क्यापिटलले गरेको छ । सनराइज क्यापिटल कमलपोखरी, काठमाडौं र सनराइज बैंकका सम्पूर्ण शाखाबाट आवेदन दिन सकिने कम्पनीले जनाएको छ । यस्तै सी–आस्वा सदस्यता लिएका बैंक तथा वित्तीय संस्थाहरुबाट पनि हकप्रद भर्न पाइनेछ ।

Read More
  • MBL - below news