सनराइज बैंक Sunrise Bank Limited ले कार्तिक २० गते देखि ऋणपत्र निष्काशन गर्ने भएको छ । बैंकले ३ अर्ब रकम बराबरको ऋणपत्र निष्काशन गर्न लागेको हो।
अब बैंकले एक हजार अंकित दरको सात वर्ष भुक्तानी अवधि भएको ऋणपत्र निष्काशन गर्ने छ । ७ बर्षे अवधिको यस ऋणपत्रमा अर्ध बार्षिक रुपमा भुक्तान हुने गरी वार्षिक १०.२५ प्रतिशत व्याज प्रदान गरिने बैंकले जनाएको छ । बैंकले १२ लाख कित्ता बराबरको एक अर्ब बिस करोडको ऋणपत्र सर्वसाधारणहरुमा सार्वजनिक निष्काशनको माध्यमबाट बिक्री गर्ने छ । बाँकि १८ लाख कित्ता बराबरको एक अर्ब अस्सी करोडको ऋणपत्र परिपत्र विधि अर्थात् प्राइभेट प्लेसमेन्ट बाट संस्थागत÷व्यक्तिहरुलाई बिक्रि खुल्ला गरिने बैंकले जनाएको छ । यो मध्ये ६० हजार कित्ता सामुहिक लगनी कोषलाई छुट्याइएको छ ।







