ग्लोबल आइएमई बैंक र साउदी अरबको बैंक अलबिलादबीच रेमिट्यान्स सम्झौता


  • KBL News Ad
  • ADBL
  • City Express
ग्लोबल आइएमई बैंक र साउदी अरबको बैंक अलबिलादबीच रेमिट्यान्स सम्झौता

काठमाडौं– ग्लोबल आइएमई बैंक र साउदी अरबको बैंक अलबिलादबीच रेमिट्यान्स सेवाको औपचारिक सुभारम्भ भएको छ । साउदी अरबको बैंक अलबिलादको मुख्य कार्यालयमा आयोजित एक कार्यक्रममा दुई बैंकबीच सहकार्यको बुधबारदेखि औपचारिक सुरुआत भएको हो । 

अबदेखि सेवाग्राहीले साउदी अरबको बैंक अलबिलादको १८० भन्दा बढी शाखा तथा काउन्टरमार्फत नेपालमा सहजरुपमा रकम पठाउन तथा ग्लोबल आइएमई बैंक, आइएमई तथा जीएमईका नेपालभर रहेका १५,००० भन्दा बढी एजेन्टहरुमार्फत रकम प्राप्त गर्न सक्नेछन् । बैंक अलबिलादको ईन्जाज रेमिट्यान्स नामक प्रसिद्ध रेमिट प्रोडक्ट रहेको छ । 

 

Read More
  • EBL Ad news