एनएमबि लघुवित्त वित्तीय संस्था (NMBMF) ले चुक्ता पूँजी वृद्धि गर्न यहि कार्तिक २४ गते आइतबारदेखि चुक्ता पूँजीको १५० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने भएको छ।
लघुवित्तले चुक्ता पूँजीको १५० प्रतिशत अर्थात १० बराबर १५ कित्ता अनुपातमा हकप्रद निष्काशन गर्न लागेको हो। यसअनुसार कम्पनीले एक सय रुपैयाँ अंकित दरले २४ करोड ३० लाख ९ हजार ३७५ रुपैयाँ बराबरको २४ लाख ३० हजार ९३ दशमलव ७५ कित्ता हकप्रद जारी गर्नेछ।
हकप्रद निष्काशनका लागि लघुवित्त सञ्चालक समितिको असोज २७ गते सम्पन्न बैठकले गरेको निर्णय अनुसार कार्तिक ७ गते शेयर दाखिला खारेजी (बुकक्लोज) गर्दैछ। यसअनुसार कात्तिक ६ गते बुधबार (भोली) सम्म कायम रहने लघुवित्त कम्पनीका शेयरधनीहरुले मात्र लघुवित्तले जारी गर्ने उक्त हकप्रद पाउनेछन्।
लघुवित्तको हकप्रद शेयरको बिक्री प्रबन्धकमा सनराइज क्यापिटल रहेको छ। हकप्रदमा बिक्री प्रबन्धकको कार्यालय कमलपोखरी, सनराइज बैंकको शाखा कार्यालयहरु, धितोपत्र बोर्डबाट आश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाका अलवा मेरो शेयर सफ्टवेयर मार्फत मंसिर २९ गतेसम्म आवेदन दिन पाउनेछन्।







