काठमाडौं : स्टान्डर्ड चार्टर्ड बैंकले २२.५०% नगद लाभांश दिने भएको छ । बैंकको सोमबार बसेको सञ्चालक समिति बैठकले उक्त नगद लाभांश दिने निर्णय गरेको हो । साथै, बैठकले आर्थिक वर्ष २०७५।७६ को वित्तीय विवरण पनि अनुमोदन गरेको छ । अब नियामक निकाय नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाबाट अनुमोदन भएपछि लाभांश वितरण प्रक्रिया अघि बढ्नेछ । चार्टर्डको लाभांश गत वर्ष भन्दा धेरै हो । गत वर्ष बैंकले १७.५% मात्र नगद लाभांश दिएको थियो ।








