र्बैकिङ पहुँच बिस्तार : राष्ट्र बैक


  • KBL News Ad
  • ADBL
  • City Express
र्बैकिङ पहुँच बिस्तार : राष्ट्र बैक

नेपालमा बैंकिङ सेवाको पहुँच बिस्तार भएको केन्द्रीय बैंकले जनाएको छ । राष्ट्र बैंकको अनुसन्धान विभागले सार्वजनिक गरेको एक अध्ययन अनुसार केहि समयअसघसम्म ४० प्रतिशतमा रहेको बैंकिङ सेवाको पहुँच अहिले बढेर करिव ६०.९ प्रतिशतमा पुगेको हो ।
नेपाल राष्ट्र बैंकको अनुसन्धान विभागले गरेको नेपालमा वित्तीय पहुँचको स्थितिसम्बन्धी अध्ययनका अनुसार ६०.९ प्रतिशत नेपालीको कम्तिमा एक निक्षेप खाता रहेको छ । ‘लघुवित्त संस्था र बचत तथा ऋण सहकारी संस्थाको वित्तीय सेवालाई समेत जोड्ने हो भने नेपालमा वित्तीय पहुँच थप बिस्तार भएको अनुमान गर्न सकिन्छ ‘।

साथै, बैंकिङ कारोबारमा संलग्नमध्ये करिब १ करोड नेपालीका २ वटा बैंक खाता रहेको पाइएको छ । नेपालका बैंक वा वित्तीय संस्थाहरूमा २ करोड ७८ लाख ६७ हजार निक्षेप खाता खोलिएको केन्द्रीय बैकको अध्ययानले देखाएको छ । तर, यी खातामध्ये धेरै खातावाल दोहोरिएको पनि छ ।

Read More
  • EBL Ad news