काठमाडौं । आउँदो चैतबाट नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जी नेपालको कार्यकाल सकिनै लाग्दा अवको गभर्नर को बन्छ ? भन्ने चर्चा चल्न थालेको छ । यसैबीच गभर्नर पदका लागि पूर्व डेपुटी गभर्नर तथा हाल लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हालिरहेका महाप्रसाद अधिकारीलाई प्रमुख दावेदारका रुपमा छन् । उनी सिए क्षेत्रमा समेत निकै प्रखर, इमान्दार र भलादमी सिएका रुपमा चिनिन्छन् । उनी प्रधानमन्त्री केपी शर्मा ओलीले समेत रुचाएका व्यक्ति हुन् ।
गभर्नरको दौडमा रहेका अर्का व्यक्ति हुन् चार्टड एकाउन्टेन्ट सुबोध कुमार कर्ण । हाल राष्ट्र बैंकको सञ्चालक समितिमा रहेका कर्ण नेपाल चाटर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान)का पुर्व अध्यक्ष समेत हुन् । उनी साफाकासमेत पूर्व अध्यक्ष हुन् । नेपाल राष्ट्र बैंकमा पुगेपछि चार्टड एकाउन्टेन्टहरुको मुद्धामा खरो उत्रिएका उनी गभर्नरकासमेत प्रखर दावेदार हुन् । राजनीतिक रुपमा पनि उनी ओली निकट व्यक्ति हुन् । राष्ट्र बैंकको संचालक भएदेखि नै उनलाई अवको भावी गभर्नरका रुपमा समेत धेरैले चर्चा गरेका थिए ।