काठमाडौँ । मुक्तिनाथ विकास बैंक लि. र नेपाल रेमिटबीच सम्झौता भएको छ । सम्झौता बमोजिम नेपाल रेमिटमा आएको रकम मुक्तिनाथ रेमिटको करिब चार हजार एजेण्टबाट सजिलै भुक्तानी गर्न सकिनेछ ।
सम्झौता पत्रमा मुक्तिनाथ विकास बैंक लि.को तर्फबाट मुक्तिनाथ विकास बैंक लि.का सहायक नायव प्रमुख कार्यकारी अधिकृत तिल बहादुर गुरुङ्ग र नेपाल रेमिटका तर्फबाट नेपाल रेमिटका प्रबन्ध निर्देशक सुमित मित्तलले हस्ताक्षर गरेका छन् ।
मुक्तिनाथ विकास बैंकको आफ्नै रेमिट, मुक्तिनाथ रेमिटले चाडपर्वलाई लक्षित गरी भाद्र १ गतेदेखि कार्तिक ३० गतेसम्म लागू हुने गरी रेमिट्यान्स (विप्रेशण) केन्द्रित ‘७६ साल ७६ उपहार, चाडपर्वसंग खुसीको वहार’ अभियान सञ्चालन गरेको छ ।









