हजारका ३१ करोड थान नयाँ नोट छापिँदै


  • KBL News Ad
  • ADBL
  • City Express
हजारका ३१ करोड थान नयाँ नोट छापिँदै

काठमाडौं (अस) । नेपाल राष्ट्र बैंकले १ हजार रुपैयाँ दरका ३१ करोड थान नयाँ नोट छाप्ने भएको छ । त्यसका लागि रू.१ अर्ब ५ करोड ४७ लाख ३६ हजार ३ सय (९१ लाख ९० हजार अमेरिकी डलर) खर्च गर्ने भएको छ । राष्ट्र बैंकले नयाँ नोट डिजाइन, छपाइ तथा आपूर्तिको काम चिनियाँ कम्पनीलाई दिने सम्झौता गरेको हो । 

राष्ट्र बैंकले चीनको पेइचिङमा रहेको ‘चाइना बैंकनोट प्रिन्टिङ एन्ड मिन्टिङ कर्पोरेशन’ लाई नयाँ नोट डिजाइन, छपाइ र आपूर्तिको जिम्मा दिएको हो । केन्द्रीय बैंक मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक लक्ष्मीप्रपन्न निरौलाका अनुसार गत असार १२ मा नयाँ नोट छाप्न सार्वजनिक सूचनामार्फत बोलपत्र आह्वान गरिएको थियो । सूचनापछि प्राप्त बोलपत्रको मूल्यांकनमा प्रभावग्राही बोलपत्र परेकोले उक्त कम्पनीसँग असोज १२ गते सो दरका नयाँ नोट छपाइ लगायतको सम्झौता गरेको उनले बताए ।

Read More
  • EBL Ad news