काठमाडौं : युनाइटेड फाइनान्स र एस् वी. सोलुसन्स् प्रालिबीच आन्तरिक कर्जा प्रक्रियालाई डकुमेन्ट मेनेजमेन्ट सिस्टमद्वारा अटोमेसन तथा ग्राहकलाई अनलाइल लोन इलिजीबिलिटी सेवा प्रदान गर्ने सम्बन्धमा सम्झौता भएको छ । युनाइटेड फाइनान्सका प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्र र एस् वी. सोलुसन्स् प्रालिका अध्यक्ष विपुल ढकालले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।
सम्झौता अनुसार डकुमेन्ट मेनेजमेन्ट सिस्टममा उल्लेख भए बमोजिम अब यस फाइनान्सले आन्तरिक कर्जा र स्वीकृति प्रक्रियालाई अटोमेट र डिजिटाइज्ड गर्न सक्नेछ । युनाइटेड फाइनान्सले प्रदान गरेको अनलाइन पोर्टलबाट ग्राहकले जुनसुकै लोन प्रोडक्टका लागि अनलाइन मार्फत लोन इलिजीबिलिटी चेक गर्न सक्नेछन् ।







