सनराइज बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
सनराइज बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

सनराइज बैंक Sunrise Bank Limited  को लाभांश सुरक्षित गर्ने आज असोज ३० गते अन्तिम दिन रहेको छ । बैंकले साधारणसभा प्रयोजनको लागि  कार्तिक १ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । असोज ३० गतेसम्म कायम शेयरधनीले मात्र साधारणसभामा भाग लिन र लाभांश पाउने सक्ने छन् ।

बैंकले कार्तिक १५ गते नक्साल स्थिति नक्साल ब्यांक्वेटमा सभा आह्वान गरेको हो ।

सभामा लाभांश सहितका विभिन्न १० प्रस्ताव पेश हुने भएका छन् । बैंकको संचालक समितिको बैठकले लगानीकर्तालाई  २०७६ असार मसान्तसम्मको मुनाफाबाट  १० प्रतिशत बोनस शेयर र ५.८ प्रतिशत नगद लाभंश गरि कुल १५.८ प्रतिशत लाभंश वितरण गर्ने प्रस्ताव गरेको  । साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ  । हाल बैंकको चुक्ता पुंजी ८ अर्ब १५ करोड रहेको छ  ।

Read More
  • MBL