मल्टीपर्पस फिनान्सको हकप्रद बिहीवारदेखि लिलामीमा


  • KBL News Ad
  • ADBL
  • City Express
मल्टीपर्पस फिनान्सको हकप्रद बिहीवारदेखि लिलामीमा

असोज २९, काठमाडौं (अस) । मल्टीपर्पस फिनान्स कम्पनी लिमिटेडले अवितरित हकप्रद शेयर लिलामीमार्फत असोज ३० गतेदखि विक्री गर्न लागेको छ । कम्पनीले संस्थापक समूहतर्फको १८ लाख ६० हजार ७२१ कित्ता शेयर र सर्वसाधारणतर्फको ६ लाख २६ हजार ५५७ कित्ता शेयर लिलामीमार्फत विक्री गर्न लागेको हो । लिलामी शेयरमा कात्तिक ७ गतेसम्म आवेदन दिन सकिन्छ ।  

यसअघि कम्पनीले असार २३ गतेदेखि भदौ ९ गतेसम्म हकप्रदमा आवेदन माग गरेको थियो । सो अवधिमा पूर्ण आवेदन नपरेपछि कम्पनीले लिलामीमा विक्री गर्न लागेको हो । कम्पनीले शेयरको न्यूनतम मूल्य रू. १०० तोकेको हुँदा सोभन्दा बढीको मूल्य अंकित गरी बोलकबोल गर्नुपर्ने हुन्छ । कम्पनीको विक्री प्रबन्धकमा सिभिल क्यापिटल मार्केट लिमिटेड रहेको छ ।

Read More
  • EBL Ad news