सिद्धार्थ बैंकको शेयरमूल्य समायोजन


  • KBL News Ad
  • ADBL
  • City Express
सिद्धार्थ बैंकको शेयरमूल्य समायोजन

सिद्धार्थ बैंकको शेयरमूल्य समायोजन भएको छ। नेपाल स्टक एक्सचेन्जले नयाँ शेयर मूल्य निर्धारण गरेको हो।

बैंकले गत आर्थिक वर्षको मुनाफाबाट प्रस्ताव गरेको १० प्रतिशत बोनस शेयरलाई समावेश गरेर नयाँ शेयरमूल्य निर्धारण गरेको छ।

नयाँ मूल्य अनुसार बैंकको प्रतिकित्ता शेयर मूल्य ३ सय ७ रुपैयाँ २७ पैसा कायम गरिएको छ। यसअघि बजार बन्द हुने बेला बैंकको शेयर प्रतिकित्ता ३ सय ३८ रुपैयाँमा कारोबार भएको थियो।

बैंकको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई २५.२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो। जसमा १० प्रतिशत बराबर हुन आउने ८८ करोड ८७ लाख ६० हजार रुपैयाँ बोनस शेयरको रुपमा वितरण गर्ने बताएको थियो भने, बाँकीरहेको १५.२६ पैतिशत बराबरको हुन आउने १ अर्ब ३५ करोड ६५ लाख २९ हजार रुपैयाँ नगद लाभांश दिने बताएको थियो।

Read More
  • EBL Ad news