एनएमबि लघुवित्तले तोक्यो हकप्रद निष्काशनका लागि बुकक्लोज


  • Shangrila Dev Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
एनएमबि लघुवित्तले तोक्यो हकप्रद निष्काशनका लागि बुकक्लोज

एनएमबि लघुवित्त वित्तीय संस्था (NMBMF) ले चुक्ता पूँजीको १५० प्रतिशत हकप्रद शेयर निष्काशन गर्न शेयर दाखिला खारेजी (बुकक्लोज) गर्ने मिति तोकेको छ।

लघुवित्त सञ्चालक समितिको असोज २७ गते सम्पन्न सञ्चालक समितिको ९१ औं बैठकले कार्तिक ७ गते बुकक्लोज गर्ने निर्णय गरेको हो। यसअनुसार कात्तिक ६ गते बुधबारसम्म कायम रहने लघुवित्त कम्पनीका शेयरधनीहरुले मात्र लघुवित्तले जारी गर्ने उक्त हकप्रद पाउनेछन्।

एनएमबि लघुवित्तले नेपाल धितोपत्र बोर्डबाट चुक्ता पूँजीको १५० प्रतिशत अर्थात १ बराबर १ दशमलब ५ को अनुपातमा हकप्रद निष्काशन गर्न असोज १६ गते अनुमति पाएको थियो। यसअनुसार कम्पनीले एक सय रुपैयाँ अंकित दरले २४ करोड ३० लाख ९ हजार ३७५ रुपैयाँ बराबरको २४ लाख ३० हजार ९३ दशमलव ७५ कित्ता हकप्रद जारी गर्नेछ।

.लघुवित्तको हकप्रद शेयरको बिक्री प्रबन्धकमा सनराइज क्यापिटल रहेको छ। क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले माइक्रोफाइनान्सको हकप्रद निष्काशनका लागि ग्रेड ४ प्रदान गरेको छ । ग्रेड ४ रेटिङ्गले लघुवित्तको वित्तीय आधारभुत अवस्था औसत भन्दा कमजोर छ भन्ने बुझाउँछ ।

 

Read More
  • MBL - below news