नागरिक लगानी कोष र संचय कोषको कारोबार राष्ट्र बैंकको निगरानीमा


  • KBL News Ad
  • ADBL
  • City Express
नागरिक लगानी कोष र संचय कोषको कारोबार राष्ट्र बैंकको निगरानीमा

वित्तीय कारोबार गर्ने गैर बैंकिङ संस्थाहरुले पनि अब नेपाल राष्ट्र बैंकलाई सम्पत्ती शुद्धिकरण प्रयोजनको लागि आवाश्यक विवरण बुझाउनुपर्ने भएको छ । नेपाल राष्ट्र बैंकले असोज १७ गते एक निर्देशन जारी गरेसँगै अब नागरिक लगानी कोष, कर्मचारी सञ्चय कोष र हुलाक बचत बैंकले पनि सम्पत्ती शुद्धिकरण तथा आतंकवाद कार्यमा वित्तीय लगानी सम्बन्धी व्यवस्था कार्यन्वयन गर्नुपर्ने भएको हो ।

२०७५ कार्तिक २५ गते गरेको मन्त्रिपरिषको निर्णय अनुसार सम्पत्ती शुद्धिकरण निवारण ऐनको ब्यवस्था अनुसार राष्ट्र बैंकले उक्त निर्देशन जारी गरेको हो । सम्पत्ती शुद्धिकरणको लागि नियमनकारी निकायले तोकेअनुसारको निर्देशन पुरा गरी वित्तीय विवरण बुझाउन नेपाल राष्ट्र बैंकले तिवटै संस्थालाई निर्देशन दिएको हो

Read More
  • EBL Ad news