१५० % हकप्रद जारी गर्न एनएमबी माइक्रोफाइन्सलाई बोर्डले दियो अनुमति


  • Shangrila Dev Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
१५० % हकप्रद जारी गर्न एनएमबी माइक्रोफाइन्सलाई बोर्डले दियो अनुमति

असोज २५, काठमाडौं । एनएमबी माइक्रोफाइनान्स वित्तीय संस्थालाई १५० प्रतिशत हकप्रद शेयर निष्कासन गर्नको लागि नेपाल धितोपत्र बोर्डले अनुमति दिएको छ । 

 कम्पनीले १ :  १ दशमलव ५ को अनुपातमा २४ लाख ३० हजार ९३ दशमलव ७५ कित्ता हकप्रद शेयर विक्री गर्न बोर्डले असोज १६ गते अनुमति दिएको  हो । कम्पनीले रू.१६ करोड २० लाख ६ हजार चुक्तापूँजीको आधारमा हकप्रद जारी गर्नेछ । 

हकप्रद पश्चात चुक्तापूँजी रू. ४० करोड ५० लाख ६९ हजार पुग्नेछ । यस हकप्रद विक्री प्रबन्धकमा सनराइज क्यापिटल रहेको छ ।

Read More
  • MBL - below news