सनराइज बैंकले लाभांश पारित गर्न कात्तिक १५ मा बोलायो एजीएम, बुक क्लोज कहिले ?


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
सनराइज बैंकले लाभांश पारित गर्न कात्तिक १५ मा बोलायो एजीएम, बुक क्लोज कहिले ?

काठमाडौं : सनराइज बैंकले कात्तिक १५ गते बाह्रौ वार्षिक साधारण सभा बोलाएको छ । सभामा बैंकले १५.८% लाभांश दिने प्रस्ताव पेश गर्नेछ । बैंकले गत वर्षको नाफाबाट १०% बोनस सेयर र ५.८% नगद लाभांश वितरण गर्न लागेको हो । कुल ८१ करोड ५२ लाख ५५ हजार ५८५ रुपैयाँ बराबरको बोनस सेयर र ४७ करोड २८ लाख ४८ हजार २३९ रुपैयाँ नगद लाभांश बाँड्नेछ ।  

 

सनराइज बैंक अन्य वित्तीय संस्था एक्वायर गर्न पनि तयार देखिएको छ । कुनै वित्तीय संस्था गाभ्नु परेमा त्यसको सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने प्रस्ताव समेत सभामा लगिँदैछ । आर्थिक वर्ष २०७५–७६ को नाफा नोक्सान सम्बन्धी हिसाबकिताबका सम्बन्धमा पनि छलफल हुनेछ । यस्तै, आर्थिक वर्ष २०७६–७७ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि छ ।

सभा नक्साल बैंक्वेट नारायणचौर, काठमाडौंमा बिहान १० बजे सुरु हुनेछ । बोनस पश्चात चुक्ता पुँजी वृद्धि हुने भएकाले प्रबन्धपत्र तथा नियमावली संशोधनको एजेन्डा पनि छ । साधारण सभा प्रयोजनका लागि सनराइजले कात्तिक १ गते बुक क्लोज गर्नेछ । असोज ३० गतेसम्म कायम सेयरधनीले मात्र लाभांश पाउन सक्नेछन् । 

हाल सनराइज बैंकको चुक्ता पुँजी ८ अर्ब १५ करोड २५ लाख ५५ हजार ८५१ रुपैयाँ रहेको छ । प्रस्तावित बोनस वितरणपछि ८ अर्ब ९६ करोड ७८ लाख ११ हजार ४३६.१ रुपैयाँ पुग्नेछ । 

Read More
  • MBL