सिद्धार्थ बैंकले २५.२६% लाभांशमा एजीएम र बुक क्लोज मिति तोक्यो


  • KBL Ad
  • Prabhu Bank Limited (PRVU)
सिद्धार्थ बैंकले २५.२६% लाभांशमा एजीएम र बुक क्लोज मिति तोक्यो

काठमाडौं : सिद्धार्थ बैंकले कात्तिक ७ गते अठारौं वाषिक साधारण सभा बोलाएको छ । सभामा बैंकले २५.२६% लाभांश दिने प्रस्ताव पेश गर्नेछ । सिद्धार्थले गत वर्षको नाफाबाट १०% बोनस सेयर र १५.२६% नगद लाभांश वितरण गर्न लागेको हो । बैंकले ८६ करोड ८५ लाख ५७ हजार ३१२ रुपैयाँ बराबरको बोनस वितरण गर्नेछ । यस्तै, १ अर्ब ३५ करोड ६५ लाख २९ हजार ११४ रुपैयाँ नगद लाभांश बाँड्नेछ । 
 

सिद्धार्थ बैंक अन्य वित्तीय संस्था एक्वायर गर्न पनि तयार देखिएको छ । कुनै वित्तीय संस्था गाभ्न परेमा त्यसको सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने प्रस्ताव समेत सभामा लगिदैछ । आर्थिक वर्ष २०७५–७६ को नाफा नोक्सान सम्बन्धी हिसाबकिताबका सम्बन्धमा पनि छलफल हुनेछ ।

...

Read More
  • EBL