सिन्धु विकास बैंकको नयाँ शाखा चितवनको नारायणगढमा, २१ स्थानबाट वित्तिय सेवा प्रदान


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
सिन्धु विकास बैंकको नयाँ शाखा चितवनको नारायणगढमा, २१ स्थानबाट वित्तिय सेवा प्रदान

काठमाडौं । सिन्धुपाल्चोक जिल्लाको पहिलो विकास बैंकको रुपमा स्थापित सिन्धु विकास बैंक लिमिटेडले चितवन जिल्लाको नारायणगढ बजारमा बैंकको शाखा स्थापना गरेको छ । उक्त शाखा बैंकका अध्यक्ष राजेन्द्र कुमार श्रेष्ठले उद्घाटन गरेका हुन् । 

सो अवसरमा बैंकका अध्यक्ष राजेन्द्र कुमार श्रेष्ठ तथा निमित्त प्रमुख कार्यकारी अधिकृत प्रमोद न्यौपानेले बैंकको हाल सम्मको प्रगती तथा भावी कार्यक्रमको बारेमा आफ्नो मन्तव्य राखेका थिए ।

प्रधान कार्यालय बाह्रविसे तथा बनेपामा कर्पोरेट तथा शाखा कार्यालय सहित मेलम्ची, खाँडीचौर, दोलालघाट, मुडे, भकुण्डे, पाँचखाल, चरिकोट, चौतारा, सिपाघाट, सिङ्गटी, जलबिरे, पनौती, टाँडी, पर्सा, पालुङ्ग, विकासचोक, नारायणगढ गरी कुल १९ शाखा तथा सुकेटे तथा सिलढुङ्गामा सिमित बैंकिङ्ग ईकाई कार्यालय सहित गरी हाल २१ स्थानबाट वित्तिय सेवा प्रदान गरिरहेको छ ।

Read More
  • MBL - below news