राष्ट्र बैंकले मुद्दती निक्षेपमा १ अर्ब ३९ करोड लगानी गर्ने, त्रैमासिक रूपमा ब्याज भुक्तानी


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
राष्ट्र बैंकले मुद्दती निक्षेपमा १ अर्ब ३९ करोड लगानी गर्ने, त्रैमासिक रूपमा ब्याज भुक्तानी

असोज १४, काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा रू. १ अर्ब ३९ करोड ४२ लाख निक्षेप लगानी गर्ने भएको छ । केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थामा आफ्नो विभिन्न कोषमा रहेको रकम १ वर्षे मुद्दती निक्षेपका रूपमा त्रैमासिक रूपमा ब्याज भुक्तानी हुनेगरी लगानी गर्न लागेको हो ।

राष्ट्र बैंकले उक्त रकम २०७६ कात्तिक १ गतेदेखि २०७७ कात्तिक ३० गतेसम्मका लागि मुद्दती निक्षेपका रूपमा राख्न लागेको हो । केन्द्रीय बैंकले वाणिज्य बैंकहरूमा रू. १ अर्ब ११ करोड ५४ लाख मुद्दती निक्षेपका रूपमा लगानी गर्ने भएको छ । यसैगरी राष्ट्रिय स्तरका विकास बैंकमा रू. २० करोड ९१ लाख र वित्त कम्पनीमा रू. ६ करोड ९७ लाख मुद्दती निक्षेपका रूपमा लगानी गर्न लागेको हो । उक्त लगानीका लागि तोकिएका बैंक तथा वित्तीय संस्थाले बिहीवार (असोज १६ गते) दिउँसो ३ बजेभित्र नेपाल राष्ट्र बैंक वित्त व्यवस्थापन विभाग बालुवाटारमा आवेदन पेश गर्नुपर्ने छ ।

Read More
  • MBL