ग्लोबल आईएमई बैंकको लाभांश घोषणा, बोनस कति ?


  • KBL News Ad
  • ADBL
  • City Express
ग्लोबल आईएमई बैंकको लाभांश घोषणा, बोनस कति ?

ग्लोबल आईएमई बैंकले गत आर्थिक बर्षको लाभांश घोषणा गरेको छ। बैंकको असोज १४ गते बसेको ३२९ औं संचालक समितिको बैठकले गत आर्थिक बर्षको कमाईबाट २५।५ प्रतिशत लाभांश दिने प्रस्ताब गरेको नेप्से मार्फत जनाइएको छ। 

प्रस्तावित लाभांश मध्ये १२.७५ प्रतिशत बोनस तथा १२.७५ प्रतिशत नगद लाभांश रहेको छ। उक्त लाभांश प्रस्ताव नेपाल राष्ट्र बैंक र बैंकको १३ औं बार्षिक साधारणसभाले पारित गरे पश्चात सेयरधनिहरुमा वितरण हुनेछ। 

ग्लोबल आईएमई र जनता बैंकबीच मर्जरको सहमति भईसकेको छ। जनता बैंकले समेत गत आर्थिक बर्षको कमाईबाट १२ प्रतिशत लाभांश (६ प्रतिशत बोनस) दिने घोषणा गरिसकेको छ।  

Read More
  • EBL Ad news