सरकार ट्रेजरी बिलमार्फत थप ३ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउँदै


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
सरकार ट्रेजरी बिलमार्फत थप ३ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउँदै

काठमाडौं : नेपाल राष्ट्र बैंकले ३ अर्ब १० करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ । सरकारले आन्तरिक ऋण परिचालन गर्न राष्ट्र बैंकमार्फत ९१ दिन र १८२ ट्रेजरी बिल जारी गर्न लागेको हो । मंगलबार जारी हुने ट्रेजरी बिलका लागि आज (सोमबार) अपराह्न ३ बजे बोलकबोल हुनेछ । केन्द्रीय बैंकले ९१ दिनको लागि १० करोड रुपैयाँको बिल जारी गर्नेछ ।

यो ट्रेजरी २०७६ साल पुस १५ गते परिपक्व हुनेछ । त्यस्तै, १८२ दिनका लागि जारी हुने ३ अर्ब रुपैयाँको ट्रेजरी २०७६ चैत १८ गते परिपक्क हुनेछ । सरकारले पछिल्लो समय आन्तरिक स्रोत जुटाउन ऋणपत्र जारी गर्ने क्रमलाई तीब्रता दिएको छ । ट्रेजरी बिल १ वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो । सरकारलाई आवश्यक पर्ने अल्पकालीन अवधिको (बढीमा एक वर्ष) स्रोत जुटाउन यो बिल बिक्री गरिन्छ ।
 

Read More
  • MBL