देव विकास बैंक र सेल पेबीच सम्झौता, यस्ता छन् सम्झौताका बुँदाहरु


  • Shangrila Dev Bank News Ad
  • Prabhu Bank
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
 देव विकास बैंक र  सेल पेबीच सम्झौता, यस्ता छन् सम्झौताका बुँदाहरु

काठमाडौं - देव विकास बैंक लिमिटेडले नेपालमा डिजिटल भुक्तानी सेवा प्रवर्धन गर्नका लागि भर्खरै संचालनमा आएको नेपाल राष्ट्र बैंकद्वारा अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक सेलपेसँग सहकार्य गरेको छ ।
सहकार्य सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत विजय बहादुर श्रेष्ठ र सेलकम प्रा.लि. का प्रबन्ध निर्देशक पवन प्रधानले हस्ताक्षर गरेका हुन् । देव विकास बैंकका ग्राहकहरुले सेलपेमा आफ्नो खाता आवद्ध गर्ने वित्तिकै रु. १०० को मोबाइल रिचार्ज (टप–अप) पाउने, सेलपेमार्फत बिलहरुको भुक्तानी गर्दा आकर्षक लोयाल्टी पोईन्ट पनि पाउने छन् ।
सेलपे, सेलकम प्रा.लि.द्वारा संचालित, नेपाल राष्ट्र बैंकद्वारा अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक हो, जसले मोबाइल तथा वेबको माध्यमबाट आफ्नो बैंक खातामार्फत डिजिटल माध्यमबाट भुक्तानी तथा रकम स्थानान्तरण सेवा प्रदान गर्दछ ।

Read More
  • MBL - below news
  • EBL Ad news