ग्लोबल आइएमई बैंकको एनआरएनलक्षित खाता योजना


  • KBL News Ad
  • ADBL
  • City Express
ग्लोबल आइएमई बैंकको एनआरएनलक्षित खाता योजना

ग्लोबल आइएमई बैंकले गैरआवासीय नेपालीलाई लक्षित गरी चारवटा नयाँ खाता योजना सञ्चालनमा ल्याएको छ । बैंकले दुई प्रकारका ग्लोबल एनआरएन एफसिवाई मुद्दती निक्षेप खाता तथा दुई प्रकारका ग्लोबल एनआरएन एफसिवाई बचत खाता योजना गरी चार नयाँ खाता सञ्चालनमा ल्याएको जनाएको छ । 

अमेरिकी डलरमा खोल्न सकिने एनआरएन एफसिवाई बचत खातामा तथा मुद्दती निक्षेपमा वार्षिक ४ प्रतिशतसम्म ब्याज प्रदान गरिनेछ । त्यस्तै, नेपाली मुद्रामा खोलिने एनआरएन एफसिवाई मुद्दती निक्षेपमा ९.२५ प्रतिशतसम्म तथा बचत खातामा वार्षिक ६ प्रतिशतसम्म ब्याज प्रदान गरिने बैंकले जनाएको छ ।

योजनाअन्तर्गत खाता खोल्ने ग्राहकलाई क्रेडिट कार्ड जारी गर्दा लाग्ने शुल्क तथा लकर सुविधा लिँदा लाग्ने वार्षिक शुल्कमा ५० प्रतिशत छुट प्रदान गरिनेछ । साथै, खातावाला वा खातावालाको परिवारलाई घर कर्जा तथा सवारी कर्जा प्रवाह गर्दा लाग्ने शुल्कमा विशेष छुट प्रदान गरिने बैंकले जानकारी दिएको छ ।

अनलाइनबाट पनि खोल्न मिल्ने उक्त खाता सञ्चालकलाई बैंकले विदेशी मुद्रा सटहीमा पनि विशेष सुविधा प्रदान गर्ने बताइएको छ । न्यूनतम मौज्दात १० हजार अमेरिकी डलरमा खोल्न सकिने एफसिवाई मुद्दती खाता २ वर्षदेखि ३ वर्षसम्मको अवधिको हुनेछ । बैंकले ग्राहकको सुविधालाई मध्यनजर गर्दै विभिन्न समयमा यस्ता सरल तथा सहज किसिमका योजना ल्याउँदै आएको छ ।

...

Read More
  • EBL Ad news