सानिमा बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका, असोज २९ मा एजीएम


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
सानिमा बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका, असोज २९ मा एजीएम

 काठमाडौं : सानिमा बैंकको २१.०५२% लाभांश सुरक्षित गर्ने आइतबार (असोज १२ गते) अन्तिम दिन हो । असोज २९ गते हुने वार्षिक साधारण सभा प्रयोजनका लागि बैंकले सोमबार (असोज १३ गते) बुक क्लोज गर्दैछ । बैंकले गत वर्षको नाफाबाट ११.०५२% नगद र १०% बोनस सेयर गरी कुल २१.०५२% लाभांश दिन लागेको हो । साधारण सभाबाट अनुमोदन भएपछि लाभांश वितरण प्रक्रिया सुरु हुनेछ । बैंकले ८० करोड १ लाख २५ हजार ५४४ रुपैयाँ बराबरको बोनस वितरण गर्नेछ ।
 
बोनसमा लाग्ने कर सहित ८८ करोड ४३ लाख ४६ हजार ७५८ रुपैयाँ नगद लाभांश पनि बाँड्नेछ । अघिल्लो वर्ष सानिमाले १४% नगद लाभांश दिएको थियो । सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षले पेश गर्न २०७५–७६ को वार्षिक प्रतिवेदन तथा नाफा नोक्सानको हिसाबकिताब प्रतिवेदन छलफल गरी पारित गर्ने एजेन्डा रहेको छ ।

Read More
  • MBL