व्यक्ति बदमास भयो भने केही नलाग्ने रहेछ : कृषि विकास बैङ्कका सिइओ उपाध्याय ‘हाम्रो बैङ्किङ सिस्टम सुरक्षित छ’


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
व्यक्ति बदमास भयो भने केही नलाग्ने रहेछ : कृषि विकास बैङ्कका सिइओ उपाध्याय  ‘हाम्रो बैङ्किङ सिस्टम सुरक्षित छ’

कृषि विकास बैङ्कले आफ्नो बैङ्किङ सिस्टम सुरक्षित रहेको दाबी गरेको छ । रातोपाटीसँग कुराकानी गर्दै कृषि विकास बैङ्कका प्रमुख कार्यकारी अधिकृत अनिल उपाध्यायले कोर बैङ्किङ सिस्टम सुरक्षित भएपनि कर्मचारीले कहिलेकाहीँ बदमासी गरिदिँदा समस्या आएको स्वीकार गरेका हुन् ।

कृषि विकास बैङ्क लहान शाखामा प्रयोग हुने युजरनेम र पासवर्ड प्रयोग गरेर असोज २ र ३ गते ४ करोड ७३ लाख रुपैयाँ विभिन्न व्यक्तिको खातामा ट्रान्सफर गरिएको थियो ।

बैङ्कले रकम ट्रान्सफर गरेको ४ दिनपछि मात्रै उक्त घटनाबारे जानकारी पाएको थियो । त्यसलगत्तै प्रहरीको सहयोगमा जुन–जुन व्यक्तिको खातामा रकम गएको थियो, उनीहरुलाई पक्राउ गरिसकिएको छ । घटनामा संलग्न रहेको आरोपमा हालसम्म १६ जना पक्राउ परिसकेका छन् ।

कृषि विकास बैङ्क लहान शाखाका म्यानेजरको युजर नेम र पासवर्ड प्रयोगगरी त्यही शाखामा असार मसान्तपछि भएको नाफाको रकम विभिन्न व्यक्तिको खातामा ट्रान्सफर गरिएको पाइएको थियो ।

उपाध्यायका अनुसार यो ह्याकिङ नभएर मानवीय कमजोरीको भएको चोरी मात्रै हो । उनी भन्छन्, ‘हाम्रो कोर बैङ्किङ सिस्टममा पसेको होइन । ब्राञ्चको अकाउण्टमा पासवर्ड एक्सेस गरेर ती एकाउण्टलाई हिट गरेर पर्सनल खातामा रकम ट्रान्सफर गरेको देखियो । त्यसकारण यसलाई ह्याकिङ भन्न मिल्दैन, हाम्रै कर्मचारीका कमजोरीले भएको चोरी मात्रै हो । यसले ग्राहकलाई कुनै समस्या पर्दैन र ग्राहकको खातामा कोही पसेको पनि छैन ।’

सिइओ उपाध्यायका अनुसार नाफालाई कम देखाएर बाँकी रकम विभिन्न व्यक्तिका नाममा पठाएर निकाल्ने प्रयास भएको थियो ।

Read More
  • MBL - below news