गुरु नानकको स्मृतिमा राष्ट्र बैंकले सार्वजनिक गर्‍यो सिक्का


  • KBL News Ad
  • ADBL
  • City Express
गुरु नानकको स्मृतिमा राष्ट्र बैंकले सार्वजनिक गर्‍यो सिक्का

गुरु नानकको ५५०औं जन्मजयन्तीको अवसरमा नेपाल राष्ट्र बैंकले सिक्का सार्वजनिक गरेको छ।

राष्ट्र बैंकले एक सय, एक हजार र दुई हजार पाँच सय रुपैयाँ अंकित तीन सिक्का सार्वजनिक गरेको हो।

शुक्रबार एक कार्यक्रमबीच गर्भनर चिरञ्जीवी नेपाल र नेपालका लागि भारतीय राजदूत मञ्जीव सिंह पुरीले संयुक्त रूपमा उक्त सिक्का सार्वजनिक गरेका हुन्।

सार्वजनिक गरिएको एक हजार र दुई हजार पाँच सय अंकित सिक्का चाँदीको र एक सय अंकित सिक्का तामाको रहेको राष्ट्र बैंकले जनाएको छ।

अंकित मूल्यकै दरले सिक्काको विक्री पनि खुला गरिएको छ।

असोज ३० गतेसम्म नेपाल राष्ट्र बैंकबाट सिक्का किन्न सकिने बैंकले जनाएको छ।

यसअघि सत्यमोहन जोशीको १०० औं जन्मोत्सवमा राष्ट्र बैंकले एक सय, एक हजार र दुई हजार पाँच सयका सिक्का निकालेको थियो।

बैंकले विभिन्न विशेष अवसरमा सिक्का निकाल्दै आएको छ।

...

Read More
  • EBL Ad news