लक्ष्मी म्युचुअल फण्डका दुई योजनाले घटाए शेयरमा लगानी


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
लक्ष्मी म्युचुअल फण्डका दुई योजनाले घटाए शेयरमा लगानी

सोज १०, काठमाडौं । लक्ष्मी म्युचुअल फण्ड अन्तर्गत सञ्चालित लक्ष्मी भ्यालु फण्ड १ र लक्ष्मी इम्वीटी फण्डले साउनको तुलनामा भदौमा सूचिकृत शेयरमा लगानी घटाउका छन् । लक्ष्मी इक्वीटीले साउनमा सूचिकृत शेयरमा रू. ८७ करोड २० लाख ९२ हजार लगानी गरेको थियो भने भदौमा रू. ८२ करोड ३८ लाख ४३ हजार लगानी गरेको छ । योजनाले सार्वजानिक निष्कासनमा रू. १४ लाख ५४ हजार र ऋण्पत्रमा रू.  २ करोड लगानी गरेको छ । योजनाको खुद सम्पत्ति रू. १ अर्ब ११ करोडबाट घटेर रू. १ अर्ब ५ करोडमा आइपुगेको छ । 

योजनको प्रतिइकाई खुद सम्पत्ति मूल्य साउनमा रू. ८ दशमलव ९२ थियो भने भदौमा रू. ८ दशमलव ४१ मा झरेको छ । योजनाले भदौ मसान्तमा रू. २८ कराडे ५४ लाख २४ हजार कुल नोक्सान गरेको छ । योजनाले पाउन बाँकी रकम रू. २२ करोड ६५ लाखबाट रू. २८ करोड ८५ लाख पुगेपछि नोक्सानमा पुगेको हो । योजनाले ७६ सूचिकृत कम्पनीमा लगानी गरेको छ । 

Read More
  • MBL