लक्ष्मी बैंकको १० प्रतिशत ब्याजदरको ऋणपत्र असोज २३ गतेदेखि


  • KBL News Ad
  • ADBL
  • City Express
लक्ष्मी बैंकको १० प्रतिशत ब्याजदरको ऋणपत्र असोज २३ गतेदेखि

असोज १०, काठमाडौं । लक्ष्मी बैंकले असोज २३ गतेदेखि ऋणपत्र जारी गर्न लागेको छ । ऋणपत्रमा छिटोमा असोज २७ गते र ढिलोमा कात्तिक २२ गतेसम्म आवेदन दिन सकिन्छ । 

लक्ष्मी बैंकले १० प्रतिशत ब्याजदरमा २०८६ सम्मको लागि २० लाख कित्ता ऋणपत्र निष्कासन गर्न लागेकोे हो । २० लाखमध्ये बैंकले ८ लाख कित्ता सर्वसाधारणको लागि र १२ लाख कित्ता ऋणपत्र व्यक्तिगत संघ संस्थालाई विक्री गर्नेछ । विक्री प्रबन्धक नबिल इन्भेष्टमेण्ट एण्ड बैंकिङ लिमिटेड रहेको छ । 

बैंकले निष्कासन गर्न लागेको प्रति ऋणपत्रमा रू. १ हजारले न्यूनतम २५ कित्ता र अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सकिनेछ । हाल बैंकको चुक्तापूँजी रू. ८ अर्ब ९२ करोड ५ लाख छ ।

Read More
  • EBL Ad news