काठमाण्डौ । आशा लघुवित्त वित्तीय संस्था लिमिटेड कात्तिक ७ गते वार्षिक साधारणसभा गर्ने भएको छ ।
संस्थाको हिजो बुधबार बसेको सञ्चालक समितिको बैठकले संस्थाको तेस्रो वार्षिक साधारणसभाको मिति तय गरेको हो । साधारणसभाले विशेष प्रस्तावका रुपमा राखिएको गत आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट सेयरधनीहरुलाई वितरण गरिने भनिएको चुक्त पुँजीको १२ प्रतिशतले हुन आउने बोनस सेयर पारित गर्नेछ । संस्थाको चुक्त पुँजी २० करोड ७४ लाख रुपैयाँ रहेको छ ।
बोनस सेयर वितरणका लागि कर प्रयोजनार्थ स्रस्थाले वितरण गर्ने भनेको चुक्ता पुँजीको ०.६३ प्रतिशत नगद लाभांश पनि साधारणसभाले पारित गर्नेछ ।








