बैंक अफ काठमाण्डूको साधारणसभा असोज ३० गते, यस्ता छन् अजेन्डाहरु


  • KBL News Ad
  • ADBL
  • City Express
बैंक अफ काठमाण्डूको साधारणसभा असोज ३० गते, यस्ता छन् अजेन्डाहरु

काठमाण्डौ । प्रस्तावित लाभांश पारित गर्ने मुख्य अजेन्डासहित बैंक अफ काठमाण्डू लिमिटेडले आफ्नो वार्षिक साधारणसभाको मिति तय गरेको छ ।

बैंकको हिजो मंगलबार बसेको सञ्चालक समितिको बैठकले २५ औँ वार्षिक साधारणसभाको मिति, स्थान र समय तय गरेको हो । बैठकले वार्षिक साधारणसभा यही असोज ३० गते गर्ने भएको छ । साधारणसभा बिहान १० बजे एलिस रिसेप्सन्स, गैंह्रीधारा काठमाण्डौमा हुनेछ ।

साधारणसभामा बैंकले गत आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट प्रस्तावित चुक्तापुँजीको ११ प्रतिशत नगद लाभांश (लाभांश करसहित) र ६ प्रतिशत बोसन सेयर पारित गर्नेछ । प्रस्तावित बोनस सेयर जारी भएपछि बैंकको पुँजी वृद्धि हुने भएकोले सोहीबमोजिम बैंकको प्रबन्धपत्रको दफा ५(ख) र ५(ग) पनि संशोधन गर्ने प्रस्ताव साधारणसभाले पारित गर्नेछ ।

Read More
  • EBL Ad news