पूँजी बजारमा माग छैन आपूर्ति बढेको बढ्यै, एक महिनामै २१ नयाँ कम्पनी सहित थपियो साढे २३ अर्बको शेयर


  • Shangrila Dev Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
पूँजी बजारमा माग छैन आपूर्ति बढेको बढ्यै, एक महिनामै २१ नयाँ कम्पनी सहित थपियो साढे २३ अर्बको शेयर

शेयर बजार घटेर तल्लो बिन्दुमा झरेर माग सिर्जना नभएपनि पूँजी बजारमा शेयर थपिने क्रम भने बढ्दो रहेको छ। चालु आर्थिक बर्षको साउन महिनामा मात्रै २१ नयाँ कम्पनीको साधारण शेयर, हकप्रद र डिबेञ्चर सहित कूल २३ अर्ब ४६ करोड रुपैयाँ बराबरको धितोपत्र कारोबारका लागि सूचीकृत भएका छन्।

नेपाल राष्ट्र बैंकका २० अर्ब ६४ करोड बराबरको साधारण शेयर र २ अर्ब ६७ करोडको बोनस शेयर तथा १५ करोड बराबरको डिबेन्चर सूचीकृत भएको छ भने धितोपत्र बोर्डले एक अर्ब बराबरको डिबेञ्चर निश्कासनको अनुमति प्रदान गरेको छ ।

सरकारी तवरबाट शेयरको माग सिर्जना गर्ने संस्थागत लगानीकर्ता तथा सर्वसाधारणलाई समेत आकर्षित गर्ने नयाँ कार्यक्रम ल्याउन नसक्दा नेप्से सूचक निरन्तर दबाबमा रहने गरेको लगानीकर्ता बताउँछन्।

यसैगरि २०७५ साउन मसान्तमा १२१०.३ बिन्दुमा रहेको नेप्से सूचकाङ्क २०७६ साउन मसान्तमा १.१ प्रतिशतले वृद्घि भई १२२४.० बिन्दुमा कायम भएको छ। २०७६ असार मसान्तमा यस्तो सूचकाङ्क १२५९.० रहेको थियो ।

Read More
  • MBL - below news