शेयर बजारमा मन्दी, तीन दिनमा ६२ करोडको कारोबार


  • Shangrila Dev Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
शेयर बजारमा मन्दी, तीन दिनमा ६२ करोडको कारोबार

साताको पहिलो तीन दिनमा ६२ करोड २४ लाख ९८ हजारको शेयर कारोबार भएको छ। अगिल्लो हप्ता पाँच दिनमा १ अर्ब ८९ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएकोमा यो हप्ताको तीन दिनले भने निकै निराशाजनक अवस्था देखाएको छ।

कारोबार रकम घटेसँगै नेप्से सुचक पनि ओरालो लागेको छ। तीन दिनमा नेप्से ११५५ अंकबाट २१ अंक घट्दै ११३४.५७ अंकमा पुगेको छ।

सातको पहिलो दिन आइतबार जम्मा २२ करोड ६९ लाख ५० हजार रुपैयाँको कारोबार भएको थियो। उक्त दिन शेयर बजार १६ अंकले घट्यो।

दोस्रो दिन भने नेप्से सुचक सकारात्मक देखियो। तर, कारोबार भने १७ करोड ७२ लाख ७० हजारमा सिमित भयो। यस्तै तेस्रो दिन आज पनि बजार ६.४२ अंकले घट्यो भने कारोबार २१ करोड ८२ लाख ७८ हजार रुपैयाँको भयो।

Read More
  • MBL - below news