काठमाडौं : सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ फन्ड–२ ले पहिलो मासिक विवरण सार्वजनिक गरेको छ । हालै इकाई बिक्री गरेको यस फन्डको भदौ मसान्तमा प्रतिइकाई खुद सम्पति मूल्य ९ रुपैयाँ ८४ पैसा कायम भएको छ । सिद्धार्थ इक्विटीले सूचीकृत सेयरमा ४३ करोड ९८ लाख ६ हजार ७९० रुपैयाँ लगानी गरेको छ ।
यस फन्डले ४३ वटा सूचीकृत कम्पनीको सेयर होल्ड गरेको छ । सबैभन्दा धेरै माछापुच्छ्रे बैंकको १ लाख ५० हजार कित्ता होल्ड गरेको छ । रकमका आधारमा भने नेपाल बैंकमा ३ करोड ७७ लाख ३८ हजार ८५० रुपैयाँ लगानी गरेको छ ।