सनराइज बैंकको प्रवर्दन तथा सनराइज क्यापिटल Sunrise Capital Ltd को व्यवस्थापनामा ल्याउन लागिएको पहिलो सामहिक लगानी कोष 'सनराइज फर्स्ट म्युचुअल फण्ड' ले ९ बर्षमा १२० प्रतिशत लाभांश दिने गरि असोज ८ गतेदेखि इकाई निष्काशन गर्ने भएको छ।
इकाईधनीहरुलाई प्रक्षेपित औषत प्रतिशत २४।२९ तथा बार्षिक १४ प्रतिशत प्रतिफल दिने क्यापिटलका प्रमुख कार्यकारी अधिकृत विजय लाल श्रेष्ठले कोषको इकाईबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएका छन।
क्यापिटलले १ अर्ब बराबरको 'सनराइज फस्ट म्युचल फण्ड' योजनाको इकाई निष्काशन गर्ने भएको हो। असोज ८ गतेदेखि निष्काशन हुने इकाईमध्ये १ करोड ५० लाख इकाई वा कुल बिक्रि भएको संख्याको १५ प्रतिशत कोष प्रबर्दक सनराइज बैंकको लागि सुरक्षित राखिएको छ भने बाँकि ८ करोड ५० लाख इकाई सर्वसाधारणको लागि निष्काशन हुने भएको छ।






