राष्ट्र बैंकले प्रचलनमा ल्यायो एक सय दरका नयाँ नोट, के -के छन् विशेषता?


  • KBL News Ad
  • ADBL
  • City Express
राष्ट्र बैंकले प्रचलनमा ल्यायो एक सय दरका नयाँ नोट, के -के छन् विशेषता?

नेपाल राष्ट्र बैंकले एक सय दरका नयाँ नोट प्रचलनमा ल्याएको छ। राष्ट्र बैंकले हाल चल्तिमा रहेको एक सय दरका नोटमा केहि विशेषताहरु परिवर्तन गरी बजारमा ल्याएको हो। दशैंको अवसर पारेर राष्ट्र बैंकले असोज ७ गतेदेखि नयाँ नोट चलनचल्तिमा ल्याएको हो। 

बैंकले दृष्टिविहिनहरुको लागि समेत चिन्न सजिलो हुने गरी कालो थोप्लो सहितको नयाँ नोट चल्तिमा लएको हो। बैंकले साविककै आकार, प्रकार तथा रंगमा संकेत नम्बर ओ/१८०००००१ देखि क/३७ ९९९९९९ सम्मका नयाँ नोट प्रचलनमा ल्याएको हो ।

नयाँ नोटमा बायाँ तर्फ सगरमाथाको चित्र रहेको, मध्ये भागको पृष्टभुमिमा नेपालको नक्सा रहेको, अशोक स्तम्भको चित्रका साथै अंग्रेजीमा लुम्बिनी द बर्थ प्लेस अफ लड बुद्ध लेखिएको छ। यस्तै  दृष्टिविहिनहरुको सहजताको लागि अशोक स्तम्भसंगै कालो थोप्लो रहेको सयको नोट प्रचलनमा ल्याएको हो ।

Read More
  • EBL Ad news