नेसनल लाइफ इन्स्योरेन्सको अभिकर्ता राष्ट्रिय सम्मेलन


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
नेसनल लाइफ इन्स्योरेन्सको अभिकर्ता राष्ट्रिय सम्मेलन

नेसनल लाइफ इन्स्योरेन्स कम्पनीको वरिष्ठ अभिकर्ताहरूको राष्ट्रिय सम्मेलन ‘चेयरपर्सन क्लब’ समारोह काठमाडौंमा आइतबार सम्पन्न भएको छ । समारोहमा आर्थिक वर्ष २०७५-०७६ मा मुलुकभरि रहेका कम्पनीको ४७ हजार ४ सय अभिकर्ताहरूमध्ये उत्कृष्ट व्यवसाय गर्ने २ सय ३७ जना अभिकर्ताहरूलाई सम्मानित गरिएको भन्दै कम्पनीले कार्यक्रमको उद्घाटन अध्यक्ष श्रीमती प्रेमा सिंहले गरेको पनि जनाएको छ ।
उद्घाटन गर्दै अध्यक्षले कम्पनीको विविध पक्षबारे जानकारी गराउँदै कम्पनी वित्तीय एवं संरचनागत हिसाबले राम्रो रहेको, कम्पनीको जीवन बिमा कोष २७ अर्ब रुपैयाँभन्दा बढी पुगेको र चुक्ता पुँजी नियामक निकायले तोकेको २ अर्ब रुपैयाँलाई पार गरेर हाल ३ अर्ब रुपैयाँ पुगेको अवगत गराइन् ।

Read More
  • MBL